पु.समाचार

८ वर्षीया बालिका बलात्कार गर्ने २८ वर्षे युवकलाई दिईयो २५ वर्ष कैद सजाय

२२ असोज, काठमाडौं । बालिकाका बलात्कार गरेको आरोपमा एक युवकलाई २५ वर्षेको कैद सजाए दिईएको छ । हेटौंडा १५ का २८ वर्षे जयरामरुम्बा विरुद्ध ८ वर्षीया बलात्कारको आरोपमा जिल्ला न्यायाधीश कमलराज विष्टको ईजलासले आईतबार उक्त फैसला गरेको हो ।

साथै अदालतले बालिकालाई क्षतिपूर्तिस्वरूप रुम्बाले १ लाख रुपैया र पीडित राहत कोषमा १ लाख रुपैयाँ जम्मा गर्न पनि आदेश गरेको छ  । आइतबारकै इजलासले १४ वर्षकी बालिकालाई बलात्कार गरेको कसुरमा हेटौडा—१ का सुदीप लामालाई १२ वर्ष कैद फैसला गरेको छ  ।

उक्त घटनामा अदालतले ६ महिनाभित्र पीडितलाई पीडकबाट क्षतिपूर्तिस्वरूप १ लाख रुपैयाँ नगद उपलब्ध गराउन पनि आदेश गरेको छ  । पछिल्लो समय मुलुकका विभिन्न स्थानमा बालिका बलात्कारपछि हत्याका घटना बढिरहेकाबेला २८ वर्षे युवकलाई उक्त सजाय दिईएको छ जुन सकारात्कम पनि हो ।