समाचार

पाँच वर्ष कैद र १० लाख जरिवाना तोकिएर फरार रिमाल ललितपुर प्रहरीद्वारा पक्राउ

२२ असोज, काठमाडौं । ५ वर्ष कैद र १० लाख जरिवाना तोकिए फरार अभियुक्त विजय रिमाललाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।

२०७६ साल माघ २२ गते बैकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत पाटनबाट ५ दिन कैद २२ लाख जरिवाना ठहर भई फरार रहेका ललितपुर महालक्ष्मी नगरपालीका ८ लुभु बस्ने वर्ष ३५ को बिजयन्द्र रिमाल पक्राउ परेका छन् ।

उनलाईमहानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा आज बिहान महालक्षमी नगरपालीका ८ लुभुबाट प्रकाउ गरेको हो ।

कैद तथा जरिवाना अशुली तर्फ आवश्यक कारवाहीको लागि ललितपुर जिल्ला अदालत पठाईएको प्रहरीले जानकारी दिएको छ ।