प्रदेश 1

अध्यक्ष गुरुगंको सकृयतामा कुवेतबाट मृगौला पीडित देवकोटाको सहयोगमा झण्डै ३८ हजार हस्तान्तरण

२७ असोज, चक्रघट्टी । सुनसरी जिल्ला तरुण दलका सभापति सिजन गुरुङको समन्वयमा नेपाली काङ्ग्रेस भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको पुर्ब सभापति तथा बर्तमान बरिस्ठ सल्लाहकार मन्जित चाम्लिङ राइको पहलमा तरुण दल सुनसरी का पुर्ब अध्यक्ष दुर्गा देबकोटालाइ नेपाली ३७हजार ७ सय ३६ रुपैया आर्थिक सहयोग उपलब्ध गराएको छ । सहयोग गर्नुहुनेहरुमा १. मन्जित राई –१५ केडी (बरिस्ठ सल्लाहकार) पुर्ब सभापति, २. राजेन्द्र बिरही – १० केडी (सभापति), ३. केशर घलान – १० केडी (महामन्त्री ), ४. श्रवन गाह मगर – १० केडी (बरिस्ठ सदस्य), ५. माया राई – १० केडी (महिला संयोजक), ६. कृष्ण पौडेल – ५ केडी (महामन्त्री), ७. चित्र छन्त्याल – ५ केडी (कोषाध्यक्ष), ८. उमा घिमिरे –५ केडी (वरिष्ठ सदस्य), ९. हर्क खवास – १० केडी (बरिस्ठ सदस्य), १०. शिव शरण गुरुगं – १० केडी (बरिस्ठ सदस्य), ११. नवीन राई – ५ केडी (बरिस्ठ सदस्य), १२. माधब सर्मा – ५ केडि (सल्लाहकार) रहेका छन् ।
सुनसरी जिल्लाका पुर्ब अध्यक्ष दुर्गा देवकोटा बचाउ अभियानमा तरुण दलका जिल्ला अध्यक्ष सिजन गुरुगंको सकृयतामा उक्त ३७ हजार ७३६ रुपैयाँ संकलान गरिएको हो । उक्त संकलित रकम महासमिति सदस्य बाबुराम बिष्ट, शिक्षक महासंघका पुर्व सुनसरी सचिव एबम् स्थानीय बुद्धिजीवी बालकृष्ण अधिकारी तथा सुनसरीको बराहक्षेत्र तरुण दलका नगर अध्यक्ष पवन चाम्लिगलगायतको समूहले सहयोग रकम आज पीडित देवकोटाको घरमै गएर पत्नि कविता देवकोटाको हातमा हस्तान्तरण गरेको हो । संकलित रकम मनि ट्रान्सफरमार्फत सुनसरी पठाईएको थियो । जिल्ला अध्यक्ष गुरुगंको पहलमा यसअघि एक लाख ९० हजार बेलायतबाट, तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतको पहलमा अमेरिकाबाट दुई लाख २३ हजार, जिल्ला कमिटि सुनसरीका तर्फबाट एक लाख १७ हजार लगायतको सहयोग यसअघि नै देवकोटालाई धर्मपत्नी कविता देवकोटाको बैंक खाता तथा हातैमा हस्तान्तरण गरिसकिएको छ । अन्य सहयोगीहरुले पनि देवकोटाको उपचारको लागि सहयोग गरिरहेको परिवारले बताएको छ । दुईवटै मृगौला फेल भएका देवकोटाको मृगौला ट्रान्सप्लान्ट गर्ने समयमा सहयोगीहरुको नाम र रकम सहयोग रकम सार्बजनिक गर्ने परिवारले जानकारी दिएको छ । सुर्यखबर डट् कममा समाचार आएपछि नेपाली काँग्रेस र काँग्रेस भातृसंस्था तथा शुभेच्छुक अनि समाजेसवीहरु तरुण दलका पुर्व सुनसरी सभापति बचाउन सकृय तरुण दल सुनसरीको अभियानमा सहकार्य गर्न सकृय देखिएका छन् ।

यो पनि

जनसम्पर्क समिति बेलायतद्वारा तरुण नेता देवकोटाको उपचारका लागि एक लाख ९० हजार हस्तान्तरण!