रुपन्देही असोज ३० । बिश्व हिन्दु युवा संघको रुपन्देही जिल्ला समिति बिस्तार भएको छ । हिजो सैनामैनामा रहेको बोल बम धाममा एक कार्यक्रमका बिच बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहको रोहवरमा बिश्व हिन्दु युवा संघ रुपन्देहीका अध्यक्ष शिव मल्लले कार्यसमितिलाई पुर्नता दिएका हुन् ।
जिल्ला अध्यक्ष मल्लले संघको जिल्ला प्रवक्तामा दिनेश पौडेललाई चयन गरेका छन । त्यस्तै उनले बुटवल उपमहानगरको संयोजकमा तेजेन्द्र भण्डारी मगरलाई मनोनीत गरेका छ ।
उनले हिजै बिश्व हिन्दु युवा संघ रुपन्देही जिल्लाको योग बिभागमा केशव राज पराजुलीलाई बिभाग प्रमुख तोकेका छन । उनको जिल्ला कार्यसमिति १७ सदस्यीय रहेको छ ।
जिल्ला कार्यसमितिमा मनोज कार्की, नरेश क्षेत्री, बिष्णु पौडेल, बिपिन कुर्मी, सिया बलभद्र श्रीबास्तव (सोनु), बिजेस कार्की, कृष्ण घिमिरे, अर्जुन न्यौपाने, बिक्रम पौडेल, सुरज मल्ल, अर्जुन उचई ठकुरी, सोम प्रताप मल्ल, रोशन थापा, गोबिन्द केसि र सिद्धार्थ बिक्रम शाह सदस्य रहेका छन।





