पर्यटन/संस्कृति

कांग्रेसलाई हिन्दु राष्ट्रको एजेन्डा उठाउन बिश्व हिन्दु युवा संघ अध्यक्ष शाहको आग्रह

डडेल्धुरा कार्तिक २ ।  बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले नेपाली कांग्रेस पार्टीलाई हिन्दु राष्ट्रको एजेन्डा बोक्नु पर्ने सुझाव दिएका छन् ।

पार्टी सभापति शेर बहादुर देउवाको गृह जिल्लाको प्रसुराम धाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शाहले अब देशले कांग्रेसकै नेतृत्वमा गुमेको हिन्दु राष्ट्रको पहिचान फिर्ता ल्याउन पर्ने पनि उनले जिकिर गरे। अध्यक्ष शाहले अब स्कुलहरु यसु कुलमा रुपान्तरण भएको भन्दै स्कुल हरुलाई बन्द गरेर गुरुकुल स्थापना गर्नुपर्ने तर्क गरेका छन् ।

उक्त कार्यक्रममा प्रसुराम नगरपालिकाका मेयर भिम बहादुर साउदले पनि अब देशलाइ हिन्दु राष्ट्रमा रुपान्तरण गर्नुको अर्को विकल्प नभएको बताए । मेयर साउदले हिन्दु राष्ट्र बिना नेपालको पहिचान बिश्वमा नहुने भन्दै त्यतातिर गम्भीर बन्न राजनीतिक दललाई आग्रह गरेका छन् ।