प्रदेश 1

कोरोनाले धरानमा थप ५४ र ६० वर्षिया दुई महिलाको लियो ज्यान

७ कार्तिक, सुनसरी । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । संक्रमणका कारण धरान उपमहानगरपालिका–८ का दुई महिलाको आज
बिहान मृत्यु भएको छ ।

उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ५४ वर्षीया महिलाको विराटनगरस्थित नोबल अस्पतालमा र ६० वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

कोरोना पुष्टि भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गर्न खोज्दा बेड अभाव भएपछि ५४ वर्षीया महिलालाई नोबल अस्पताल लगिएको थियो । बेड नपाएर ६० वर्षीया महिला होम आइसोलेसनमै बस्न बाध्य भएकी थिइन् ।

यससँगै धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । यिनमा होम आइसोलेसनमै मृत्यु हुनेको संख्या १७ छ ।