दमक, ११ कात्तिक । नेपाली कांग्रेस झापाका पूर्वसभापति पूर्णानन्द शर्मा दाहाललाई पत्नी शोक परेको छ । कमल गाउँपालिका–५ मङ्गलबारेमा बसेकी उनकी धर्मपत्नी ८५ वर्षीया रमादेवी दाहालको गए राति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मृतक लामो समयदेखि पेट तथा नसा रोगले पीडित थिईन ।
कांग्रेसको ज्येष्ठ नागरिक मञ्चका केन्द्रीय सदस्य समेत रहेका दाहाल नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रज मानिन्छन् । स्व.रमादेवीकी जेठा छोरा विनोद, प्रमोद र आमोद र छोरी प्रमिला अधिकारी छन् । मृतकको शव आज बिहान ११ वजे कन्काई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
यसैवीच गाँउपालिकाका अध्यक्ष मेनुका काफ्लेले लोकतान्त्रिक आन्दोलनका योद्धासमेत रहेका पूर्णानन्द शर्माकी धर्मपत्नी रमादेवीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।





