२१ कार्तिक, काठमाडौं । विराटनगर र स्याङमा गरी थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । विराट – नगरको अस्पतालमा उपचाररत दुई महिला र स्याङजामाको चापाकोट नगरपालीकाका एक पुरुषको होम आईशोलेसनमै मृत्यु भएको हो ।
विराटनगरमा धनकुटा ४ घर भएकी महिलाको कोसी अस्पतालमा उपचारका क्रममा आज बिहान सवा ८ बजे मृत्यु भएको छ । स्वासप्रस्वासमा समस्या रहेकी ति महिलामा बिहिबार कोरोना पुष्गिट भएपछि सोहिदिन साँझ अस्पताल भर्ना गरिएको थियो ।
यस्तै बुधबार कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको अर्की महिलाको आज बिहान ८ बजे मृत्यु भएको हो । न्युरोमा उपचाररत बिराटनगर माहानगरपालीका ७ कि ५१ वर्षे महिलाको मृत्यु भएको हो ।
यसैबीच कोरोनाका कारण स्याङजाको चापाकोट नगरपालीकामा थप एक बृद्धको मृत्यु भएको छ । गत कार्तिक १४ गते कोरोना पुष्टि भएका ७४ वर्षे बृद्धको बिहिबार राति मृत्यु भएको चापाकोट नगरपालीकाका सुचना अधिकारी बिन्दु कोईरालाले जानकारी दिएका छन् । मृतक बृद्ध लामो समय देखी उच्चरक्त चाप र सुगरबाट रोगी थिए ।





