पु.समाचार

कांग्रेसका आधा दर्जनवढी केन्द्रिय सदस्यमा कोरोनाः २४ गतेको बैठक प्रभावित

२१ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका झण्डै आधा दर्जन केन्द्रिय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कार्तिक २४ गते बस्ने भनिएको केन्द्रिय सदस्य बैठक समेत प्रभावित भएको छ । 

आज बस्ने भनिएको बैठक २४ गतेका लागि सरेको थियो तर केन्द्रिय सदस्यामा कोरोना देखिएपछि २४ गतेको बैठकपनि प्रभावित भएको छ । बैठकका एजेन्डा तय गर्न बसेको पदाधिकारी बैठकमा सहमति जुट्न नसकेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पछि धकेलेको छ । 

कांग्रेस मुख्य सचिव कृष्णचन्द्र पौडेलका अनुसार २४ गते बस्ने भनिएको बैठकमा सहभागी हुनका लागि  बिहिबार केन्द्रिय सदस्यहरुको स्वाब परिक्षण गरिएको थियो । जसमध्य आज बिहान ६ जनाको रिपोर्ट आज बिहान पोजेटिभ आएको हो ।

साथै कृष्णप्रसाद सिटौलाको पिएसओ दुई जनालाईपनि पोजेटिभ देखिएको छ । केन्द्रिय सदस्य मिन विश्वकर्मामा केहिदिनअघि कोरोना नेगेटिभ देखिएपनि उनि अस्पतालमै उपचाररत छन् । नेता दिलेन्द्र बडुले बाहिरै परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै आज कोरोना संक्रमित हुने केन्द्रिय सदस्यहरुमा फर्मुल्लाह मन्सुर, नसिद सिद्धिकी, सुरेन्द्र पाण्डे, किरण यादव, सुजाता परियार, श्याम घिमिरे, किरण किशोर घिमिरे रहेका छन् । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।