२२ कार्तिक, काठमाडौं । बरिष्ठ हाँस्य कलाकार मनोज गजुरलेको स्वास्थ्य अवस्था सुधारोन्मु भएको छ । कार्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । बिहिबार उनलाई अक्सिजनको मात्रा कमी भएपछि अस्पताल भर्ना गरिएको थियो ।
सामाजिक सञ्जाल फेसबुकमाफर्त गजुरेलले अघिल्लो दिनको तुलनामा स्वास्थ्यमा सुधार आएको जानकारी गराएका छन् ।
साथै शुक्रबार केहि नागरिकहरुले उनको मृत्यु भएको भ्रामक स्टाटसहरु राखेपछि गजुरलले आफ्नो स्वास्थ्य केहि ठिक हुँदै गएको खुलाएका छन् ।





