२३ मंसिर, काठमाडौं । मोरङमा एक शिक्षकको गोली हानी हत्या भएको छ । मोरङको मिक्लाजुङ गाउँपलीका वडा नम्बर १ का शिक्षकको गोलीहानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक शन्तोष खड्काले जानकारी दिएका छन् ।
५४ वर्षका शिक्षक राजेन्द्र श्रेष्ठको बिप्लव नेकपाका कार्यकर्ताले गोली हानी हत्या गरिएको आसंका गरिएको छ । घटनास्थलतर्फ प्रहरी जाँदै गरेकाले विस्तृत विवरण भने प्राप्त नभएको उनले जानकारी दिएका छन् ।
खड्काका अनुसार शिक्षक श्रेष्ठको आज बिहानै करिब ७ बजे घरदेखी केहि परको जंगलमा हत्या भएको थियो ।





