३ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेपाली काँग्रेस किसानको पार्टी र मजदुरको साथी भएको बताएका छन् । काठमाडौंको माईतीघरमा उखुको मूल्य नपाई भौतारिरहेका किसानको आन्दोलनमा समर्थन गर्दै नेता पौडेलले ‘कांग्रेस सधैँ किसानका पक्षमा छ, सरकारले किसानलाई ठगी गर्ने व्यापारीलाई शीघ्र कारबाहीको दायरामा ल्याउनुपर्छ’
उखु किसानका समस्या समाधानका लागि सरकारले बिगतमा सहमती गरेपनि किसानको समस्या ज्यूंका त्यूँ भएपछि उनीहरु पुनः आन्दोलनमा आएपछि नेकपा अध्यक्ष नेकपा शर्मा ओली नेतृत्वको सरकार जनतामा थप आलोचित हुन थालेको छ । राजनीतिक दलदेखी किसान र सर्बसाधारणले ओली सरकारको सामाजिक सञ्जालमा बिरोध जनाईरहेका छन् ।
पाँच दिनदेखी काठमाडौंको माईतीघरमा चिसो भूईमा आन्दोलनरत किसानमाझ ऐक्यबद्धतामा रहेका नेता पौडेल किसान आन्दोलनका अगुवासमेत हुन् । उनले जसरीपनि किसानको उखुको भुक्तानीलगायतका किसानका समस्या सरकारले समाधान गर्नुपर्ने माग सरकारसँग गरेका छन् ।






