३ पौष, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै काँग्रेस एक्लैसँग २५ प्रतिशत साँसद नभएकाले संसद अधिवेशन बोलाउने माग गर्न नसकेको स्वीकादै अन्य दलसँग सहकार्य गर्न खोज्दा पनि सफल नभएको भन्दै लोकतान्त्रीक प्रकृयाअनुसार संसद अधिवेशन बोलाउन माग गरेका छन् ।
नेकपाकै असन्तुष्ट पक्षलेसमेत संसिद अधिवेशन बोलाउन माग गरेपनि संसद अधिवेशन बोलाउन आलटाल गरिएको छ । सरकारले अध्यादेशमार्फत आफू अनुकुल निर्णय गर्न मिल्ने बिधेयकहरु ल्याईरहेको भन्दै बिरोध भईरहेका बेला प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका काँग्रेस सभापति देउवाले तत्काल संसद अधिवेशन बोलाएर छलफल गर्नुपर्ने माग तीब्र रुपमा गरेका छन् ।
आज नै नेकपाका अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरु नेकपाको कार्यालय पेरिस डाँडामा बैठक बसी अध्यक्षदेश फिर्ता लिन मागसहित निर्णय गरिसकेका छन् । पुनः एकपटक केपी ओली नेतृत्वको सरकारको बिरुद्धमा चर्का नारा लाग्ने सम्भावना देखिएको छ ।





