राजनीति

नेकपा अध्यक्ष ओलीलाई साधारण सदस्यबाट हटाउने अध्यक्ष दहाल समूहको तयारी

५ पौष, काठमाडौं । बैसाख २३ गते गते आम निर्बाचन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष संसद बिघटन प्रस्ताव गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ साल बैसाख २३ गते आम चुनाव गर्ने प्रस्ताव गरेका हुन् ।
नेकपा अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता माधव नेपाल झलनाथ खनालसहितका सचिवालय, स्थानीय तथा केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री केपी ओलीको संसद बिघटन गर्ने प्रस्तावको बिरोध गरिरहेका बेला नेकपाको बहुमत सचिवालय सदस्यले प्रधानमन्त्रीलाई नेकपाकै साधारण सदस्यबाटै हटाउने तयारी गरेको बुझिएको छ ।
नेकपाका अध्यक्ष दहाल संसद बिघटन गर्ने प्रस्ताव फिर्ता गर्न अनुरोध गर्न प्रधानमन्त्री निवास बालुवाटार गएका र उक्त प्रस्ताव फिर्ता गर्ने छाँटकाँट नभएर ओलीलाई कारबाही गर्ने कदम चाल्न बाध्य हुने देखिन्छ ।
प्रधानमन्त्री ओलीले आजमात्रै मन्त्रीपरिषद बैठक राखेर संसद बिघटन गर्न राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेपछि नेकपाको बिबाद त झनै बढेको छ नै मुलुकको राजनीतिक घटनाक्रममासमेत उतारचढाब भएको छ ।