राजनीति

देशलाई पुर्व राजाबाट भन्दा गणतन्त्रकी महारानी राष्ट्रपतिबाट खतारा छः गगन थापा (भिडियोसहित)

६ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापाले पुर्व राजाबाट भन्दा पनी देशलाई गणतन्त्रकी राष्ट्रपतिबाट खतारा भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपती बिद्यादेबी भण्डारीले संसद बिघटन गरेको बिरोधमा आईतबार काठमाडौंको बानेश्वरमा आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले संविधान, याे ब्यवस्था, संघिय लोकतान्त्रीक गणतन्त्र जोगाउनका नीम्ति गणतन्त्रलाई खतरा पुर्व राजाबाट नभई राष्ट्रपतीबाट भएको बताएका हुन । लोकतन्त्रलाई खतरा चुनाव हार्नेबाट नभई चुनाव जितेका ओलीबाट भएको उनकाे भनाइ छ । गगन थापाले सबैजना रक्षको जिम्मामा बसेका भक्षकहरुबाट संविधान र व्यवस्था जोगाउनका निम्ती फेरी आह्वान गर्दै प्रधानमन्त्रीको सनको शिकार भएको प्रतिनिधीसभालाई ब्युताउने लडाईमा सबैको साथ हुने बिश्वास व्यक्त गरेका छन् ।

उनले संसदका बहुमत सदस्यले देश चलाउन भन्दै जिम्मा दिएका र संसदको ताला चाबीको जिम्मा लिएका प्रधानमन्त्री ओलीले ताला चाबि फोडेर संसदका सबै बन्दबोस्तोलाइ अस्त-व्यस्त बनाएकाे र संसदले बनाएको राष्ट्रपती आज प्रधानमन्त्रीको अपराधको सांक्षी मात्रै नभएर साझेदारी भएका कारण बिरोध गर्न बाध्य भएको बताए ।

साथै नेता थापाले ओली प्रधानमन्त्री बन्दा आँफुले नागरिकको हिसाबले पनि ओली प्रति आसंका बाबजुत आँफुले प्राथना गर्ने र आसंका गलत साबित नहुन भनी बधाई संगै सचेत गराएको स्मरण गर्दै त्यतिबेला गरिएको आसंका आज आएर सावित भएको बताएका छन् । आँफुले त्यतिबेला देशले ५ वर्ष कोल्टे फेर्न चाहेको भन्दै संक्रमण, परिवतन, संबिधानका नाममा धेरै सकस ब्यहोरेको तर अब मान्छे ले जिन्दगीमा परिवर्तनको आभास गर्न चाहेको बताएको स्मरण गरेका छन् ।

उनले भने त्यतिबेला मैले तपाईका संकल्पहरु सम्झाउने छौं भन्दा प्रधानमन्त्रीले भन्नुभएको थियो एउटा सानो माननियले यहाँ आएर धेरै कुरा भन्नुभयो ढुक्क भएर सुत्नु होला निद्रा नपर्ला नउठ्नु होला ५ वर्ष देश म चलाउँ छु । उनले केपी शर्मा ओली प्रधानमन्त्री भएदेखी आँफुमात्रै नभएर कोहि पनि नागरिक चैनले सुत्न नपाएको बताएका छन् । साथै उनले मुलुकमा आजसम्म कुनैपनि प्रधानमन्त्रीले ओलीले जस्तो अनुकुलता र सुविधा नपाएको भन्दै एतिधेरै सुबिधाका बाबजुत कुनै लछारपाटो नलगाएको बताएका छन् ।

मुलुकमा कोरोना स्वास्थ्य संकट, जनताले कोरोना खोप पाउने कुरा सपना मात्रै सिमित,  चौतर्फि आर्थिक संकट निम्तिएको, बेलामा सिंगो देशका जनतालाई एकढिक्का बनाइ एक ठाउँमा लिएर सिंगो देशको शक्ति र तागत लिएर संकट समाधान गर्नुपर्नेमा प्रधानमन्त्रीले संसद बिघटन गरेको भन्दै बिरोध जनाएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको झगडा, प्रधानमन्त्रीको महत्वआकांक्षका कारणले आज संसदमा मात्रै नभई सिंगो व्यवस्थामाथि प्रश्न उठेको बताएका छन् ।

नेपालले एउटा असक्षम र अयोग्य व्यक्तिलाई प्रधानमन्त्रीका रुपमा पाउनु दुर्भाग्य रहेको भन्दै ओलीका अहंकारको शिकार अहिले संसद र संबिधान बनेको बताए । उनले संबिधानमा कहाँनीर प्रधानमन्त्रीले संसद बिघटन गर्न पाउँछन्  भन्ने लेखिएको छ ? उनको प्रश्न थियो । नेता थापाले जनताले बनाएको संबिधानलाई नभई संविधानका अपराधिलाई सडकबाट ठेगान लगाउनु पर्नमा जोड दिएका छन् । जनताले ल्याएको संविधानको व्यवस्थाका विरुद्ध अपराध गर्ने राष्ट्रपती र प्रधानमन्त्रीलाई कारबाहि गर्नूपर्ने उनको भनाई छ । साथै उनले आजको यस्तो व्यवस्था ओलीमात्रै नभई प्रचण्ड र माधव नेपाल हुतीहारा भएका कारण पनि आएको बताएका छन् ।

उनले हरेक पटक प्रधानमन्त्री बिरामी रहेको र आराम गराउन अनी प्रधानमन्त्री भ्रष्ट, अनैतिक छन् भनेर आँफुले सुझाव दिँदा नमानेको तर आज दुई वर्ष पछि हिसाब-किताब नमिले पछि प्रचण्डले आरोप पत्र लेखेको र स्थायी कमीटी बैठक लगाएतमा छलपफल गर्नु भन्दा पनि संसदिय दलमा गई अनैतिक, अयोग्य, भ्रष्ट केपी ओली बिरुद्ध अविश्वास छ भनेर टेबलमा बजारेको भए आज ओलीले संसद विघटन गर्ने हिम्ममत राख्न सक्दैन थिए भनेका छन् । साथै हुतिहारा कारण आज ओलीले मात्रै नभई प्रचण्ड–नेपालले नेपाली नागरिकको जनमतको अपमान गरेको बताएका छन् ।

गगनको आक्रोस भिडियो सहित हेर्नुहोस्ः