६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसंगै आक्रोसित भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बेलाएको छ । आईतबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा संसद विघटन भएपछि कांग्रेसले आईतबार दिउँसो नै विभिन्न जिल्लाहमा बिरोध पर्दशन समेत गरेको थियो ।
पछिल्ला समय ओली सरकारका विभिन्न असंबैधानीक गतिबिधि र अराजकताका बिरुद्ध आन्दोलनमा होमी दै आएको कांग्रेस ओलीले संसद बिघटन गरेपछि थप आक्रोसित भएको छ ।
यस्तै ओलीको उक्त कार्यप्रति रुष्ठ हुँदै तीन दलले बिरोध गर्ने सहमती गरेका छन् । आईतबार कांग्रेस, जनता समाजवादी र रुष्ठ नेकपाका कार्यकर्ताले संयुक्त बिरोध गर्ने सहमती गरेका छन् ।
प्रधानमन्त्रीले असंवैधानिक रूपमा गरेको संसद् विघटन र त्यसपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक डाकेको हो ।
आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा डाकिएको बैठकमा संविधानले नै नदिएको अधिकार प्रधानमन्त्रीले नै प्रयोग गरेको र राष्ट्रपतिले पनि त्यसलाई अनुमोदन गरेपछि उत्पन्न संकटमा सर्वदलीय धारणा बनाउन बैठक बोलाएको कांग्रेसले जनाएको छ ।





