राजनीति

गुणस्तरीय शिक्षा र स्वास्थ निशुल्क नभइ देशको बिकास कहिलै हुन्नः अध्यक्ष मिश्र

२१ पुष, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले गुणस्तरीय शिक्षा र स्वास्थ निशुल्क नभइ देशको बिकास कहिलै नहुने बताएका छन् ।

एक सञ्चारमाध्यमसंगको कुराकानीमा अध्यक्ष मिश्रले संसारका कुनै पनि देशले सार्वजनीक शिक्षा र स्वास्थ्य निशुल्क र गुणस्तरिय नभई  प्रगरी नगरेको बताएका छन् ।  साथै उनले आफ्नो पार्टीको प्रमुुख एजेन्डा भनेको निशुल्क र गुणस्तरिय शिक्षा र स्वास्थ्य भएको बताएका छन् ।

मिश्रले निशुल्क र गणस्तरिय शिक्षा नेपालमा लागु गरिएपछि नागिरकलाइ रोजगारी कसरी सिर्जना गर्ने भनेर सोच्नु पर्ने अवस्था नहुने बताएका छन् ।

उनले छोराछोरी राम्रो स्कूल जाँदैनन् त्यसैले, हाम्रो वाद शिक्षा-वाद हो, बुवाआमाले राम्रो उपचार पाउँदैनन् ? त्यसैले, त्यो स्वास्थ्य वाद भएको बताएका छन् । उनले नागरिकको धारामा स्वच्छ पानी आउँदैन, त्यो पानी-वाद र नागरिकको घरमा बिजुली आउँदैन त्ये विजुली वाद हो भनेका छन् ।

उनले अगाडी भनेका छन्ः तपाईं सामाजिक सुरक्षा नपाएर घरखेत बेच्नु पर्ने अवस्थामा हुनुहुन्छरु त्यसैले, हाम्रो वाद सामाजिक सुरक्षा-वाद हो । तपाईँ वेरोजगार हुनुहुन्छरु त्यसैले, हाम्रो वाद रोजगार-वाद हो । तपाईं भ्रष्टाचार र नातावादबाट विक्षिप्त हुनुहुन्छ ? त्यसैले, हाम्रो वाद सुशासन-वाद हो ।