राजनीति

श्रीमान् ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नुको सट्टा नेम्वाङ भाग्नुभोः गगन

२२ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नुको सट्टा नेम्वाङ भागेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त नेता थापाले संविधान बनाएको संविधान सभाको नेताले संविधानको पक्षमा उभिने साहस गर्न नसक्नु दुखद हुने बताएका छन् ।

संसद विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदै गरेको प्रसंग उल्लेख गर्दै उनले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको भन्दै जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा हुने ब्यक्ति नै लुकेर बसेको बताएका छन् ।

यस्तै नेता थापाले संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ भन्ने पनि बिश्वास व्यक्त गरेका छन् । नेता थापाले यो संकटका बेला अध्यक्षले अदालतमै उभिएर ओलीले गरेको प्रतिनिधिसभा बिघटन असंबैधानिक रहेको र आफ्नो नेतृत्वमा बनेको संबिधानमा यस्तो प्रावधान नलेखिएको र विधायिकी मनसाय यस्तो होइन भन्दै बहस गर्नुपर्नेमा लुकेर बसेको भन्दै कटाक्ष गरेका छन् ।

उनले कसैले केहि सोध्छन् कि भन्दै लुकेर प्रश्नबाट भागेर बसेको भन्दै आफैले बनाएको संविधानमा कु हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्नु अध्यक्षको यो तहको निरिहता देख्दा दया लागेको बताएका छन् ।