२३ पुष, काठमाडौं । तत्कालीन संबिधानसभाका अध्यक्ष सुवास नेम्वाङले सर्बाेच्चको फैसला अघि संसद बिघटनका बारेमा बोल्न नमिल्ने बताएका छन् ।
संसद बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानीक कदमका बिरुद्ध चुँ पनि नबोलेको भनि आलोचना भईरहेका बेला नेम्वाङले यस्तो बताएका हुन् ।
एक सञ्चारमाध्यमसंगको कुराकानीमा नेम्वाङले आँफु संबैधानीक कारणले नबोलेको बताएका छन् । पुर्व सभामुख समेत रहेका नेम्वाङले यो मुद्धा सर्बाेच्चले टुंग्याउने बिश्वास व्यक्त गदै आफुले बोल्ने समय आउने बताएका छन् ।
संसद बिघटन बिरुद्धको विषय सर्बाेच्चमा बिचाराधिन रहेकाले आफ्नो मान्यता र सिद्धान्तले अहिले केहि बोल्न नमिल्ने भन्दै अदालती फेसला आएको भोलिपल्ट हरेक कुराको जवाफ दिन आँफु तयार रहेको बताएका छन् ।
साथै संसद बिघटनका बिरुद्धमा मौन बनेका नेम्वाङको अहिले दुई वर्ष पुरानो अभिव्यक्ति भाईरल भएको छ । धुलिखेलमा त्यस बेला नेम्वाङले पत्रकारहरुसँग प्रधानमन्त्रीले चाहँदैमा यो संसद् विघटन नहुने भनि अभिव्यक्ति दिएका थिए ।





