२८ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको बिरोधमा बिभिन्न संघर्षको कारर्यक्रम गर्दै आएको नेकपाकाे दाहाल-नेपाल समुहले आज गण्डकी प्रदेशमा भेला गर्दै छ । ओलीले संसद बिघटन गरेपछि नेकपा दुई समसहमा बिभाजित भएको छ ।
एउटा समुहको नेतृत्व स्वयमं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्काे समुह पुष्पकमल दाहाल-माधवकुमार नेपालको रहेको छ । दाहाल-नेपाल समुहको भेलामा पार्टीका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र प्रवक्ता नरायणकाजी श्रेष्ठले संबोधन गर्ने कार्यक्रम रहेको छ ।
११ बजेका लाग कार्यक्रम तय भए पनि नेताहरु भने काठमाडौंको विमानस्थलमा नै रोकिएका कारण भेला कतिबेला हुन्छ भनने एकिन हुन सकेको छैन । मौसमका कारण फ्लाइट डिले भएकाले एर्पोटमा नै रोकिएको प्रवक्ता श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि आन्दोलनरत दाहाल-नेपाल समुहले विभिन्न प्रदेशमा भेला, सडकमा जुलुस लगायतका कार्यक्रमहरु गर्दै आएको छ ।





