पु.समाचार

माघे संक्रान्तिमा डा.भट्टराईको शुभकामनाःआतंक मच्चाएका ओलीसुर परास्त गर्न शक्ति मिलोस्

१ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कलियुगको भष्मासुर भनेका छन् ।

माघे संक्रान्तिको शुभकामना व्यक्त गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस बर्ष कलियुगको भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

उनले नेपाल र छिमेकका प्रायः सबै जाति / समुदायले उत्साहसाथ मनाउने सांस्कृतिक पर्व माघी/ माघे संक्रान्ति/मकर संक्रान्तिको उपलक्ष्यमा सबैमा सुखशान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गरेका छन् ।

 

उनको ट्वीटः नेपाल र छिमेकका प्रायः सबै जातिरसमुदायले उत्साहसाथ मनाउने सांस्कृतिक पर्व माघीरमाघे संक्रान्ति/मकर संक्रान्तिको उपलक्ष्यमा सबैमा सुखशान्ति र समृद्धिको हार्दिक शुभकामना । यस बर्ष कलियुगको भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् !