राजनीति

डा।कोईराला भन्छन्ः संसद बिघटनको बिचाराधिन मुद्धामा छिटो फैसलाका लागि सबैले सहजीकरण गर्नुपर्छ

१ माघ, काठमाडौं । प्रमखु प्रतिपक्षी दल नेपाल कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोईरालाले संसद बिघटन बिरुद्धको बिचाराधिन मुद्धा छिटो फैसलाका लागी सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता कोईरालाले समग्र नेपाली जनता असंवैधानिक रुपमा गरिएको संसद बिघटन सम्बन्धि मुद्दामा सर्वोच्च अदालतको फैसला कुरेर बसिरहेको भन्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपती बिद्यादेबी भण्डारीद्वारा गरिएको संसद बिघटनका बिरुद्ध यतिबेला सर्बाेच्च अदालतमा मुद्धा बिचाराधिन रहेको छ ।

संसद बिघटन बिरुद्धको रिट सर्बाेच्चमा गएको झण्डै एक महिना पुग्नलाग्दा समेत प्रमुख विषयले प्रबेश नपाईरहेका बेला नेता कोईरालाको यस्तो धारणा सार्वजनीक भएको हो ।

संसद बिघटनको छिटो भन्दा छिटो फैसला हुन जरुरी रहेको र विद्धान कानुन व्यावसायिहरुले छिटो फैसला गराउँने तर्फ सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

उनको ट्वीटः समग्र नेपाली जनता असंवैधानिक रुपमा गरिएको संसद बिघटन सम्बन्धि मुद्दा मा सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन् । यसको छिटो भन्दा छिटो फैसला हुन जरुरी छ र विद्धान कानुन व्यावसायिहरुले छिटो फैसला गराउँने तर्फ सहजीकरण गर्नुपर्छ ।