राजनीति

गणतन्त्र र संबिधानको रक्षाका लागि एकजुट हुन दाहाल-नेपालको अपिल

१ माघ, काठमाडौं । नेकपाको दाहाल-नेपाल पक्षले सरकारले नेपाली जनताको राजनीतिक र सामाजिक अधिकारमाथि प्रहार गरिरहेको टिप्पणी गरेका छन् ।

माघेसंक्रान्ति अर्थात माघि पर्वको अबसरमा उक्त समुहका दुई अध्यक्षले संयुक्त शुभकामना बक्तव्य जारी गर्दै नेपाली जनताको आपसि एकताबाट पैदा भएको परिवर्तकामी सोचका कारण नेपालमा सामाजिक र राजतीतिक परिवर्तन भएको बताएका छन् ।

तर नेपाली जनताको बलिदानी पुर्ण संघर्षबाट प्राप्त राजनीतिक र सामाजिक अधिकारमाथि ओली सरकारले प्रहार गरिरहेको  भन्दै आपत्ति जनाएका छन् । नेकपाले संघिय लोकतान्त्रीक गणतन्त्र र संबिधानको रक्षाका लागी एकजुट भएर अगाडी बढ्न यस पर्वको अवसरमा आदीवासी जनजाती लगाएत सम्पुर्ण न्यायप्रेमी जनसमुदायमा अपिल समेत गरेकाे  छ ।

दुई अध्यक्षले बिज्ञप्ति जारी गर्दै थारु, मगर, छन्त्याल लगायतका समुदायहरुले आफ्नो मौलिकता अनुसार मनाउने माघी, माघेसंक्रान्ति र माघेसंक्रान्तिको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त समेत गरेका छन् ।

नयाँ वर्षको आगमनको रुपमा मनाईने यो पर्व सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना घर परिवारका सदस्यहरुमाझ हर्षाेल्लासका साथ मनाउन पनि उनिहरुले आग्रह गरेका छन् ।