१ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समुहको स्थायी समिति बैठक आज बस्दै छ ।
अपरान्ह ३ बजे बस्ने बैठकमा आन्दोलनका कार्यक्रमहरुका साथै देशभर भइरहेका कार्यकर्ता भेला, प्रशिक्षण तथा सभा समारोह लगायतका कार्यक्रमको समीक्षा गर्नुका साथै कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह सडक संघर्षमा उत्रिएको छ । पार्टीले घोषणा गरेको दोस्रो चरणका संघर्षका कार्यक्रमहरु जारी रहेकै बेला स्थायी समितिको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको बिरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको उक्त समुहले बिभिन्न संघर्षका कार्यक्रमहरु ग्र्दै आएको छ । बैठक पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडाँमा बस्ने भएको हो ।




