माघ १, काठमाडौं । चर्चित लालिता निवास काण्डमा अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्न दिएको आदेशप्रति टिकाटिप्पणी हुन थालेको छ ।
भैतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा बालुवाटारको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी ब्यक्तीको नाममा पारेको अभियोगमा अख्तियार दुरुपयोग अनुसँधान आयोगले चार मन्त्रीसहित ११० जनाबिरुद्ध मुद्धा दायर भएपनि कसैलाई धरौटीमा छाडिएको तर कसैलाई थुनामा राखिएको भन्दै बहस भईरहेको छ ।
बस्न्यात परिवारका कमल बस्न्यातले भनेका छन्, ‘दीप बस्न्यात जस्तो उमेरमा पनि पाको र राष्ट्रिय छवि बनाएको मान्छे कतै भागेर जाने सम्भावना नभएकोले उनलाई थुनामा राखेर भन्दा बाहिर नै रहेर छानबिन गर्न सकिन्छ ।’ उनले थपेका छन्, ‘आखिर अख्तियार प्रमुख बस्नेतलाई धरौटीमा छाड्दा, अरुहरुलाई पनि त धरौटीमा उही मुद्धामा छाडेका उदहारण छन् नि !’
डिल्लिबजार मालपोत कार्यालयमा कार्यतरत अधिकृत कृष्णप्रसाद पौडेललाई ३२ करोड १९ लाख २० हजार बिगो र ८ देखी १० बर्ष कैद सजाय माग गर्दै थुनामा राख्न आदेश आएको थियो भने नासु श्रीहरी पुडासैनीलाई भने ५० हजार धरौटीमा अख्तियारले छाडेको थियो । उक्त बालुवाटार जग्गाका बिबादास्पद अभियुक्त शोभाकान्त ढकालबिरुद्ध झण्डै ४० करोडको मुद्धा बिचाराधिन छ भने रामकुमार सुबेदी, माधवज सुिबेदी, उमाकुमारी ढकाल, लक्ष्मी ढकालमाथी पनि अख्तियारको मुद्धा छ । रामकुमार सुबेदीमाथी छ२ करोड ५१ लखको मुद्धा छ भने उनकी श्रीमती माधवी सुबेदीमाथी ९१ लाखको मुद्धा छ । लक्ष्मी ढकालमाथी भने ३ करोड २८ लाखको मुद्धा छ ।
धेरैजसो आरोपीलाई ५० हजार धरौटी माग गर्दै सोधपुछपछि छाडिएको भएपनि बस्नेत परिवारले सुनियोजीत षढ्यन्त्रमा फसाईएको बताएको छ । उनीहरुको दीप् बस्न्यातलाई बाहिर नै राखेर अनुसंधान गर्न मागसमेत गरेका छन् ।
डिल्लीबजारस्थीत केन्द्रीय कारागारमा रहेका अख्तियार दुरुपयोग अनुंसधान आयोगमा पुर्व प्रमुख बस्न्यातसंगै मुद्धा परेका पछि मन्त्रीसमेत भएका तत्कालीन सचिव छविराज पन्त, तत्कालीन कानून सचिव बिनोद गौतम, शोभा शाक्यलाई धरौटीम छाडिएको थियो भने शंकर सुबेदी, संगीता( ललिता निवास सरकारी जग्गाकीस् मोही)लगायत धरौटाीम छुटेका थिए ।
यसैबिच ७ करोडको धरौटी माग दाबी गरिएका पुर्वमन्त्री डम्बर गुरुगं र पुर्वसचिव दिनेशहरी अधिकारीलाई ७ लाखको धरौटीम छाडिएको थियो । ललिता निवास काण्डमा राजनीतिक रुपमा उच्च तहका ब्यक्तीहरुसमेत जोडिएको अवस्थामा दीप बस्न्यातलाई थुनामा राख्ने नै हो भने राजनीतिक रुपमा उच्च तहमा रहेकालाई समेत अनुसंधानको दायरामा ल्याउनुपर्ने माग सर्बसाधारणको छ ।
भ्रष्टाचार र अनियमितताले मुलुक अस्तब्यस्त भएकाबेला आक्रान्त भएका जनताले भ्रष्टाचारीलाई कडा कारबाही गर्नेको प्रशंसा गरेपनि एउटै कसुरमा कसैलाई धरौटीमा रिहा त कसैलाई धुनामा राख्ने कार्यको भने बिरोध गर्छन । अख्तियार दुरुपयोग अनुसंधान आयोग ऐन २०४८ को दफा ४ को (ख) अनुसार मन्त्रिपरिषदको निर्णयलाई तत्कालीन सचिव बस्न्यातले अगाडीमात्र बढाएको उनको जिकिर छ । हाल बस्न्यात डिल्लिबजार थुनामा कडा सुरक्षामा रहेका छन् । अनुसंधानको क्रममा भएकोले ललितानिवासले कस्तो रुप लिन्छ भन्ने ठोकुवा गर्न नसकिने भएपनि कानूनअनुसार सबैलाई एउटै रुपमा हेनुपर्ने हुन्छ । भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई ५० कसोड ४७ लाखको बिगोसहीत मुद्धा दायर गरिएको अवस्था हो ।
बर्तमान अर्थमन्त्री बिष्णु पौडेल, नेपाली काँग्रेसका उपसभापति बिजय कुमार गच्छदारलगायत धेरै बिशिष्ट ब्यक्तीहरु ललिता निवास काण्डमा मुछिएका छन् ।





