१ माघ, काठमाडौं। नेकपा बिप्लव समूहले माघ ३ गते शनिबारदेखी माघ १० गतेसम्म नेकपा अध्यक्ष केपी शर्मा ओली बिरोधी कार्यक्रमहरु घोषणा गरेको छ । बिप्लवले हस्ताक्षर गर्दै १० गते नेपाल बन्दको घोषणासमेत गरेका छन् ।
नेकपा बिप्लव समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउको बिरोधमा संघर्षका कार्यक्रमहरु घोषणा गरेको हो । पार्टीले देशब्यापी बिरोध प्रदर्शनबाट शुरु गरी नेपाल बन्दसम्मका कार्यक्रम घोषणा गरेको अवस्था छ ।






