राजनीति

संसद बिघटन गर्ने ओलीको असंबैधानिक कदम बिरुद्ध भोलीको आन्दोलनमा उत्रिन देउवाको अपिल

२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपती बिद्यादेबी भण्डारीले गरेको संसद बिघटनका बिरुद्ध कांग्रेसले शनिबार (भोली) बिरोध प्रर्दशन गर्दैछ । ओली सरकारको असंबैधानीक कदमविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते देशभर गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले अपील गरेका हुन् ।

पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।

आज कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका छन् । संसद विघटनको कार्यलाई नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ ।

त्यसविरुद्ध कांग्रेस एक्लै संघर्षमा छ । भने माधव-नेपाल पक्षको नेकपा, जसपा लगाएतका राजनीतिक दलहरुपनि आन्दोलनमा छन् ।