बाग्मती

ऐतिहासिक साङ्ला पोखरी निर्माण

काठमाडौँ, ६ माघ । तारकेश्वर नगरपालिका-१ स्थित साङ्लामा ऐतिहासिक साङ्ला पोखरी निर्माण गरिएको छ ।

करिब एक रोपनी जग्गामा फैलिएको सो पोखरी नगरपालिकाको रु ३९ लाख बजेटमा निर्माण सम्पन्न भएको नगर प्रवक्ता विदुर सापकोटाले जानकारी दिएका छन् ।

पोखरीको गहिराइ पाँच मिटर छ । धेरै वर्षअघि सङ्लो पानी बग्ने गरेकाले पछिसाङ्लोखोला भन्ने नामकरण रहन गएको भन्ने ऐतिहासिक मान्यता छ ।

उक्त पोखरीसँगै ऐतिहासिक उद्यान पनि निर्माण हुने नगरपालिकाले जनाएको छ ।