साहित्य

उ युद्ध लड्दैछ

                            -डा सुरेन्द्र सिटौला                                       -कविता

मलाइ झुक्याएर
उ अर्को युद्ध गर्दैछ
मेरो अस्थाको कवज लगाएर
मेरै विरुद्ध उ लड्दैछ
यता मेरो युद्ध
एक्लै भोक सग हारेर
मै संग
अल्पायुमै मृत्युवरण गर्दैछ
के थाहा उसलाई
समय सग उ
कति नमिठो गरि हार्दैछ
अभिमानको कवज भिरेर
घर भित्रै
यदुबम्शी युद्धको सान झार्दैछ
उसले घोषणा गरेको
यदुबम्शी युद्धको कोलाहलमा
मेरा युद्धहरु
सपना सग तर्छिएर
सपनाको खहरे भेल संगै
आत्महत्या गर्दैछन
मैले सपनामा रोपेका फुलहरु
बिदेशी बालुवामा
ओइलाएर आफै झर्दैछ्न् 
यता मेरो धर्म युद्ध
भोकलाइ साक्षी राखेर
रोगको सहमतिमा
जिजिबिषाको युद्धमा हारेको
आत्मसमर्पण पत्रमा
आफै हस्ताक्षर गर्दैछ
उता
समयको कटु सत्य सम्झाउदै भन्छ
उसले शुरु गरेको युद्धले
भबिष्यको गर्भमा
माहाभारतको बीउ छर्दैछ
विडम्बना !
मेरो आस्थाको कवज भिरेर
मै विरुद्ध उ
आज भोलि
घमसान युद्द लड्दैछ ।
जय होस्