सामाजिक सञ्जाल

दमनको प्रश्नः नांगै भएर कानून मिच्ने काम यसअघि कहिले भएथ्यो ?

२२ माघ, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगाएत बिभिन्न संबैधानिक निकायमा सरकारले गरेको नियुक्तिलाई लिएर बिरोध जनाएका छन् ।

संसद बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैससंबैधानिक कदमको  बिरोध गर्दै आएका ढुंगाना सरकारले बुधबार गरेको असंबैधानिक नियुक्तिको बिरुद्ध खरो रुपमा उत्रिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त ढुंगानाले विवादित अध्यादेशका आधारमा, विना संसदीय सुनुवाइ, संवैधानिक परिषदबाट नियुक्ति पाउने भाग्यमानी राष्ट्रसेवकहरूलाई, गुपचुप जस्तो वातावरणमा सब मिलेर गराइएको नाटकीय शपथ हेर्दा, आफ्नै सामान्य ज्ञानको जाँच लिन मन लागेको टिप्पणी गरेका छन् ।

उनले यत्तिसम्म नांगै भएर कानून मिच्ने काम यसअघि कहिले भएथ्यो ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनको ट्वीटः विवादित अध्यादेशका आधारमा, विना संसदीय सुनुवाइ, संवैधानिक परिषदबाट नियुक्ति पाउने भाग्यमानी राष्ट्रसेवकहरूलाई, गुपचुप जस्तो वातावरणमा सब मिलेर गराइएको नाटकीय शपथ हेर्दा, आफ्नै सामान्य ज्ञानको जाँच लिन मन लाग्यो– यत्तिसम्म नांगै भएर कानून मिच्ने काम यसअघि कहिले भएथ्यो ?