२३ माघ, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले हिंसात्मक राजनीति सबैले मुलुकमा अप्रत्यक्षरूपमा नरसंहार गरिरहेको बताएका छन् ।
अहिले मुलुकमा नेकपाका दुई समुहका बिभिन्न गतिबिधितर्फ संकेत गर्दै सामाजिक सञ्जाल ट्वीत माफर्त संयोजक मिश्रले यस्तो बताएका हुन् ।
उनले मानवता विरूद्धको अपराध गर्न सधैँ नरसंहार नै गर्नु नपर्ने बताएका छन् । देशका प्रमुख नेताले दशकौँदेखि जे गरिरहेका छन्, त्यो नै मानवता विरूद्धको अपराध भएको बताएका छन् ।
भ्रष्टाचार, देशदोहन, गरिवहरुको मरण, नेताहरूको निर्दयी रूपान्तरण, दशौँ लाख युवाको पलायन, हिंसात्मक राजनीति सबैले अप्रत्यक्षरूपमा नरसंहार गरिरहेको बताएका छन् ।
उनको ट्वीटः मानवता विरूद्धको अपराध गर्न सधैँ नरसंहार गर्नु पर्दैन । देशका प्रमुख नेताले दशकौँदेखि जे गरिरहेका छन्, त्यो मानवता विरूद्धको अपराध नै हो । भ्रष्टाचार,देशदोहन,गरिवहरुको मरण,नेताहरूको निर्दयी रूपान्तरण, दशौँ लाख युवाको पलायन,हिंसात्मक राजनीति सबैले अप्रत्यक्षरूपमा नरसंहार गरिरहेको छ।






