पु.समाचार

संवैधानिक आयोगका नियुक्तिबिरुद्ध सभामुखद्वारा रिट दर्ताः आईतबार सुनुवाई

२३ माघ,काठमाडौं । संवैधानिक आयोगहरूमा सरकारले गरेका नियुक्ति बदरको माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा पेस गरेको निवेदन दर्ता भएको छ ।

संबैधानिक नियुक्ति बिरुद्धको रिट लिएर सभामुख सापकोटा आज बिहान सर्बोच्च गएका थिए । उक्त निवेदनका सुनुवाईका लागी आगामी आईतबारलाई मिति तोकिएको छ । सभामुख सापकोटासंग नेकपा दाहाल-नेपालका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र रेखा शर्मा लगाएतका सर्बाेच्च पु्गेका थिए ।

राष्ट्रपति बिद्यादेबी भण्डारीले बुधबार कानुनि र राजनीतिक विवादकाबिच अख्तियार, निवार्चन आयोग लगाएतका संबैधानिक पदाधीकारीहरु नियुक्ति गरेकी थिईन ।

संवैधानिक आयोगहरुमा गरिएको सिफारिस र नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सभामुख सापकोटाले निवेदनमा स‌ंवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गरेका छन् । साथै उक्त निर्णयका आधारमा स‌ंवैधानिक आयोगहरुमा भएको नियुक्तिको बदर गर्न पनि सभामुख सापकोटाले माग गरेका छन् ।

एकतर्फि रुपमा संबैधानिक आयोगमा असंबैधानिक नियुक्ति गरिएको भन्दै ओली सरकारको उक्त कार्यको चौतर्फि बिरोध भएको छ । भने बिहिबार नेकपाको दाहाल-नेपाल समुहले आमहडताल समेत गरेको थियो ।

संबैधानिक परिषदमा गरिएको नियुक्तिको बदरको माग गर्दै सभामुख सापकोटा आज सर्बोच्च गएका हुन् । सभामुख सापकोटाले दर्ता गर्न लागेको रिटमा संबैधानिक परिषदले बिभिन्न ११ निकायमा नियुक्तिका लागी गरेको शिफारिस, नियुक्ति र उनिहरुका काम कारबाही बदरको माग गरिएको छ ।

यस अघि नै संबैधानिक आयोगमा गरिएको नियुक्ति असंबैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्बोच्चमा रिट दायर गरेका थिए । यस्तै चर्को बिरोधका बिच नियुक्त ३२ पदाधिकारी तथा सदस्यहले बुधबार राष्ट्रपति शीतलनिवासमा राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिएका थिए ।