२४ माघ, काठमाडौं । पुर्व सभामुख दलननाथ ढुंगानाले मुलुकमा पछिल्लो समय नेकपाको दुई समुहका बिरोध लगाएतका गतिबिधितर्फ आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त ढुंगानाले ओली र दाहाल-नेकपा समुहप्रति संकेत गर्दै मतदाताहरू र प्यारो देश सम्हाल्न सुझाव दिएका छन् ।
संसदबिघटन गर्ने ओली सरकारको बिरुद्ध खरो रुपमा उत्रिएका ढुंगाना पछिल्लो समय ओलीले गरेको संबैधानिक नियुक्तिको बिरोधमा पनि बोलेका छन् । ढुंगानाले उनले एउटै दल सरकार, सडक र प्रतिनिधिसभा विघटन, विघटन मान्दैनौं भन्दै विरोध बन्दमा रहेको भन्दै यस्तो ट्वीट गरेका हुन् ।
उनले ट्वीटमा भनेका छन्ः संविधान बनाउँदा कत्रो नमूना एकता नायकहरूको, अग्रगमनमा । सत्ता झगडापछि, सरकारमा बस्ने सब अग्रगामी । सडकमा पुग्ने सब प्रतिगामी । ओलीले संसद बिघटन गरेपछि दुई समसहमा बिभाजीत भई चरणवद्ध आन्दोलनमा होमिएको दाहाल-नेपाल समुह संबैधानिक नियुक्तिलाई लिएर थप आन्दोलीत भएको छ भने ओली समुहले पनि बिभिन्न बिरोधसभाहरु गदै आएको छ ।
उनको ट्वीटः एउटै दल सरकारमा पनि, सडकमा पनि । प्रतिनिधिसभा विघटन गर्नेमा पनि, विघटन मान्दैनौं भन्दै विरोध (बन्द)मा पनि । संविधान बनाउँदा कत्रो नमूना एकता नायकहरूको, अग्रगमनमा । सत्ता झगडापछि, सरकारमा बस्ने सब अग्रगामी । सडकमा पुग्ने सब प्रतिगामी । मुख खोल्नोस् मतदाताहरू । सम्हाल्नोस्, प्यारो देश !






