२४ माघ, काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालले प्रधानमन्त्री केपी शर्माको अभिव्यक्तिलाई लिएर टिप्पणी गरेका छन् ।
शुक्रबार उक्त समुहले काठमाडौंमा आयोजना गरेको सभामा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ भनि दिएको अभिव्यक्तिलाई लिएर नेपालले कटाक्ष गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त नेपालले अरुलाई धम्क्याउनु प्रधानमन्त्री ओलीको निर्लज्जता भएको बताएका छन् ।
जे जति तलमाथि गर्नुपर्ने स्वयंम प्रधानमन्त्री ओली आँफैले गरिसकेपछि अरूलाई धम्क्याउनु निर्लज्जता नै भएको धारणा व्यक्त गरेका हुन् ।
उनको ट्वीटः लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ प्रधानमन्त्री ओलीले हिजो दरबार मार्ग सभामा भनेछन । अब, जे जति तलमाथि गर्नुपर्ने उनी आँफैले गरिसकेपछि अरूलाई धम्क्याउनु निर्लज्जता नै त हो ।






