सामाजिक सञ्जाल

जघन्य अपराध रोक्न अ‍ोली सरकार पुर्ण रुपमा असफलः नेता केसी

२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री अर्जुन नरसिंह केसीले ओली सरकार हरेक क्षेत्रबाट पुर्ण रुपमा असफल भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता केसीले ओली सरकार मुलुकमा दिनदिनै घटिरहेका जगन्य अपराध रोक्न पूर्ण रूपमा असफल भएको बताएका हुन् । उनले बलत्कार, हत्या, हिंसा र असुरक्षा वर्तमान ओली सरकारको पालामा को दैनन्दिनी बनेको बताएका छन् ।

साथै उनले बैतडी चडेपानीकी भागीरथीभट्टको बलत्कार पछिको विभत्स हत्याको खबर ले अत्यन्त दुःखि बनाएको बताएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिक-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या घटना जघन्य अपराध रहेको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न पनि नेता केसीले माग गरेका छन् । 

नेता केसीले भागीरथीमाथि उक्त घटना अर्को निर्मला काण्ड नबनोस, भन्दै दोषी माथि तुरुन्त कारबाही गर्न सरकारसंग माग गरेका हुन् ।

साथै उनले विधीको शासनको उपहास गर्ने यस्ता जगन्य अपराध रोक्न राज्य पूर्ण असफल भएको धारणा व्यक्त गरेका छन् । बैतडी चडेपानीकी भागीरथीभट्टको बलत्कार पछिको विभत्स हत्या गरिएको समाचार सञ्चारमाधयममा आईरहेकाबेला नेता केसीले यस्तो ट्वीट गरेका हुन् । 

उनको ट्वीटः बलत्कार,हत्या,हिंसा रअसुरक्षा वर्तमानको दैनन्दिनी बनेकोछ । यही क्रममा बैतडी चडेपानीकी भागीरथीभट्टको बलत्कार पछिको विभत्स हत्याको खबर ले अत्यन्त दुःखित छु । विधीको शासनको उपहास गर्ने यस्ता जगन्य अपराध रोक्न राज्य पूर्ण असफलछ । यो अर्को निर्मला काण्ड नबनोस,दोषी माथि तुरुन्त कार्रवाई गर ।