२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदै छन् । निर्वाचनको तयारी र नेकपाभित्रको बिवाद लगाएतको विषयमा छलफल गर्न प्रधानमन्त्री ओली आज बिहान आयोग जान लागेका हुन् । ओली आज बिहान ११ बजे आयोग जाने बताईएको छ ।
यसअघि आयोगले नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुबै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए । लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका थिए । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् ।
ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा छन् । त्यसैले उनले आयोगले चुनावी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखिरहेका छन् । यसै सन्दर्भमा चुनावका कार्यक्रम लगायत विषयमा आयोगको ध्यानाकर्षण गराउन उनी आयोग पुग्न लागेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति बिद्यदादेबी भण्डारीले संसद बिघटन गरेपछि नेकपा दुई समुहमा पिबभिजित भएको छ । ओली र दाहाल-नेपाल समुहले आफ्नो समुहनै आधिकारीक भएको भन्दै आयोगमा दाबी गर्दै आएका छन् ।





