सामाजिक सञ्जाल

दमनको प्रश्नः किन बोलिरहेका छैनन् संविधानसभाका जिउँदा सदस्य वा निर्माताहरू ?

२८ माघ, काठमाडौं। पुर्व सभामुख दमननाथ ढुंगानाले संसद भंग भएको बिषयमा संबिधान निर्माण गर्दाका ब्यक्तीहरु बोल्नुपर्ने बेला आएपनि चुप लागेर बसेकोमा आक्रोश पोखेका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै सुवास नेम्वाङलगायतलाई संकेत गर्दै उनले पाँच वर्षअघि संविधान निर्माण गर्दा प्रतिनिधिसभा विघटनबारे के कस्ता छलफल भएका थिए र सम्बन्धित निश्कर्षको औचित्य तथा मनशाय वास्तवमा के थियो ? भन्दै प्रश्न गरेका छन् ।

ढुंगानाले किन बोलिरहेका छैनन् संविधानसभाका जिउँदा सदस्य वा निर्माताहरू? जसको बोलीको अर्थ तथा महत्व अझ बढेको छ यतिबेला! भन्ने जिज्ञासा राखेका छन् ।

उनले ट्वीटः पाँच वर्षअघि संविधान निर्माण गर्दा प्रतिनिधिसभा विघटनबारे के कस्ता छलफल भएका थिए र सम्बन्धित निश्कर्षको औचित्य तथा मनशाय वास्तवमा के थियो ? किन बोलिरहेका छैनन् संविधानसभाका जिउँदा सदस्य वा निर्माताहरू? जसको बोलीको अर्थ तथा महत्व अझ बढेको छ यतिबेला !