२८ माघ, झापा । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषद्वारा प्रत्येक वर्ष प्रदान गरिँदै आएको धनमाया सक्रिय महिला पत्रकारिता पुरष्कार यो वर्ष राधा खनाललाई प्रदान गरिने भएको छ । लोकराज ढकालका संयोजकत्वमा रेजिना गौतम र यज्ञप्रसाद पाठक सदस्य रहेको छनोट समितिले पुरस्कारका लागि खनाललाई आज छनोट गरेको हो ।
खनाल अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा कार्यरत छन् । यसअघि नै संस्थाले प्रत्येक वर्ष वितरण गर्दै आएको वर्षोत्कृष्ट कृति पुरस्कारका लागि झापाली स्रष्टा कुमार भट्टराईद्वारा लिखित ‘अस्वत्थामा’ र दीर्घ साहित्य सेवासम्मान दमकका मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरिसकेको थियो । तीनवटै विधाको समान २१र२१ हजार नगद पुरस्कार राशिसहित सम्मानपत्र रहेको प्रसाई साहित्य सेवाकोषका अध्यक्ष गोपीकृष्ण प्रसाईंले जानकारी दिए । पुरस्कार आगामी फागुन ८ गते संस्थाको विर्तामोडस्थित आफ्नै सभाहलमा वितरण गरिने उनले बताए ।





