६ फागुन, काठमाडौं । अदालतको अवहेलना सम्बन्धी मुद्धाको लिखित जवाफ सर्बोच्च अदातलमा दिएर प्रधानमन्त्री केपी शर्मा ओली फर्किएका छन् ।
ओली केहिबेर अघि सर्बाेच्चमा लिखित जवाफ दिन आँफै उपस्थित भएका थिए । लिखित जवाफ अदालतमा बुझाएर ओली वालुवाटार फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।
संसद बिद्दटनको मुद्धामा वरिष्ठ अधिवक्तालाई वाजे वकिललाई अदालतमा लगेर तमासा गरेको भन्दै अदालतको अबहेलना गरेको भन्दै रिट दायर भएको थियो । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले अवहेलना सम्बन्धी छुट्टा-छुट्टै रिट दर्ता गरेका थिए ।
उक्त रिटमा सर्बाेच्चले सुनुवाई गर्दै लिखित जवाफ लिएर उपस्थित हुन आदेश दिएको थियो । साथै सर्बाेच्च अदालतले अवहेलनासम्बन्धी मुद्धामा प्रधानमन्त्री ओलीलाई जवाफ सहित उपस्थित हुन माघ १५ गते आदेश दिएको थियो ।
प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबिरुद्ध अपमानजनक शब्द बोलेको भन्दै सर्बाेच्च अदालतमा अवहेलना मुद्धा वरिष्ठ अधिवक्ता कुमार आचार्यले दर्ता गरेका थिए ।





