१० फागुन, काठमाडौं । नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रकरमार पौडेलले पेट्रोलको मुल्य १ सय ४० सम्म पुग्ने संकेत गरेका छन् ।
कोरोना संक्रमणका कारण अमेरिका लगाएत मुलुकमा रिफाईनरी टाट पल्टिएको र अझै खुल्न नसकेको बताएका छन् । उनले ठुलो असर भारतको अर्थतन्त्रले गर्ने डलरको असर यसमा पर्ने भन्दै त्यसको परिणाम कस्तो आउछ भन्न नसकिने बताएका छन् ।
स्थानीय बजारका हिसाबले ५/६ बर्ष अगाडीको मुल्यमा पुगे पनि त्यसलाई अन्यथा मान्न नहुने र त्यो भनेको पेट्रोल प्रतिलिटर १ सय ४० रुपैयाँसम्म पुग्ने भएको बताएका छन् ।
एक सञ्चारमाध्यमसंगको कुराकानीमा निर्देशक पौडेलले यस्तो संकेत गरेका हुन् । साथै निर्देशक पौडेलले नाफा भन्दापनि आर्थिक स्थिरतलाई बढी ध्यान दिएको बताएका छन् ।
मुल्य बढाउनु पर्ने समयमा घटाएको तर मनलाग्दी नगरेको बताएका छन् । तेलको मुल्य बढाएर अत्यधिक कर बढाएको भन्दै चर्काे बिरोध भएका बेला उनले यस्तो बताएका हुन् ।
यस्तै उनले आँफुलाई सरकारले नेतृत्वमा पठाएकाले बिश्वास गरिदिन सर्वसाधारणलाई आग्रह गरेका छन् । उनले भारतले पनि ईन्धनमा कर बढाईरहेको पनि बताएका छन् ।
यस्तै ईन्धनमा लगाईएको अत्यधिक कर भनेकै पुर्वाधार निमार्णमा खर्च गरिने पनि बताएका छन् । उनले सरकारले अन्तराष्ट्रिय क्षेत्रको अवस्था हेरेर नै करको निर्धारण गर्ने बताएका छन् ।





