पु.समाचार

प्रधानमन्त्री ओलीले आजकालागी बोलाए सुरक्षा परिषदको बैठक

११ फागु, काठमाडौं । आज राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै छ ।

मुलुकका पछिल्ला राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरक्षा परिषदको बैठक डाकेको श्रोतको दाबी छ । तर रक्षा सचिव रेश्मीराज पाण्डेले भने आजको बैठक नियमित भएको जानकारी दिएका छन् ।

यस्तै संसद विघटनको मुद्दामा फैसलाको व्यग्र प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया सकेको सर्वोच्च अदालतले मंगलबारका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ ।

आजम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्ने समय सीमा तोकेको सर्वोच्चले मंगलबारका लागि हेर्दाहेर्दैको पेसी तोकेको हो ।