सामाजिक सञ्जाल

देउवा मुल्य मान्यता बिपरीत ज्योतिषीतिर लाग्छन प्रधानमन्त्री बन्नः संग्रौला

२० फागुन, काठमाडौं । वुद्धिजिवि तथा लेखक खगेन्द्र संग्रौलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले देउवा मुल्य मान्यता बिपरीत ज्योतिषीतिर लाग्छन प्रधानमन्त्री बन्न भनेका छन् ।

उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न मानवीय मूल्यको राजनीति र जनसेवाबाट प्राप्त जनसमर्थनको नभई जोतिसीको जोखानाको भरपत्यार भएको टिप्पणी गरेका छन् ।

उनले अगाडी भने ल हेर, देउवा फेरि जोतिसी सुरेशचन्द्र रिजालका पाउ परेछन् १ डोरबहादुर बिष्टले यस्तै नेतारशासकको रूढिग्रस्त विश्वासलाई विकासको बाधक मानेका होइनन् र ? ।

उनको ट्वीटः शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न मानवीय मूल्यको राजनीति र जनसेवाबाट प्राप्त जनसमर्थनको होइन, जोतिसीको जोखानाको भरपत्यार छ । ल हेर,देउवा फेरि जोतिसी सुरेशचन्द्र रिजालका पाउ परेछन् ! डोरबहादुर बिष्टले यस्तै नेतारशासकको रूढिग्रस्त विश्वासलाई विकासको बाधक मानेका होइनन् र ?