राजनीति

नेकपा विवादको टुंगो नलगाएपछि आयुक्तहरुको क्षमतामाथि प्रश्न उठ्नु स्वभाविकः नेता गुरुङ

२०फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले स्वतन्त्र निर्वाचन आयोगका पदाधिकारी सदस्य कुनै नेताको कारिन्दा नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले यस्तो बताएका हुन् ।

साथै निर्वाचन आयोगमा परेका मुद्दाहरूको आयोगले निष्पक्ष भएर समयमै निर्णय दिनुपर्नेमा पनि उनको जोड छ । नेकपाको ओली र दाहाल-नेपाल समुहको पार्टी मान्यताको विषय लामो समयदेखी आयोगमा अल्मलीरहेका बेला नेता गुरुङले यस्तो ट्वीट गरेका हुन् । 

उनले नेकपाको मुद्दाको सन्दर्भमा आयोगले गरिरहेको ढिलासुस्तीले आयोगका पदाधिकारी एवं सदश्यहरुको क्षमतामाथि प्रश्न उठ्नु स्वाभाविक भएको पनि बताएका छन् ।

उनको ट्वीटः निर्वाचन आयोगमा परेका मुद्दाहरूको आयोगले निष्पक्ष भएर समयमै निर्णय दिनुपर्छ । नेकपाको मुद्दाको सन्दर्भमा आयोगले गरिरहेको ढिलासुस्तीले आयोगका पदाधिकारी एवं सदश्यहरुको क्षमतामाथि प्रश्न उठ्नु स्वाभाविक नै हो । स्वतन्त्र निर्वाचन आयोगका पदाधिकारी सदश्यहरु कुनै नेताको कारिन्दा होइन है।