सामाजिक सञ्जाल

पितृसत्तात्मक महिलाद्वेषी राजनीतिक/आर्थिक/सास्कृतिक सोच नबदली महिलामुक्ति असम्भवः डा.भट्टराई

२४ फागुन, काठमाडौं । जनाता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले पितृसत्तात्मक समाजको महिलाद्वेषी राजनीतिकरआर्थिकरसास्कृतिक सोच नबदली महिलामुक्ति असम्भव हुने बताएका छन् ।

१ सय ११ औं अन्तराष्ट्रिय महिला दिवसको शुभकामना दिँदै डा.भट्टराईले युगौंदेखिको पितृसत्तात्मक समाजको महिलाद्वेषी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संरचना आमूलरूपमा नबदली पूर्ण महिलामुक्ति सम्भव छैन भन्ने कुरा संधै ख्याल राख्नुपर्नेमा पनि जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा भट्टराईले १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा नेपाल र संसारका सबै महिलाहरूमा पूर्ण मुक्ति, समानता र समृद्धिको शुभकामना समेत व्यक्त गरेका छन् ।

उनको ट्वीटः १११औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा नेपाल र संसारका सबै महिलाहरूमा पूर्ण मुक्ति,समानता र समृद्धिको हार्दिक शुभकामना१युगौंदेखिको पितृसत्तात्मक समाजको महिलाद्वेषी राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक संरचना आमूलरूपमा नबदली पूर्ण महिलामुक्ति सम्भव छैन भन्ने सधैं ख्याल राखौं !