सामाजिक सञ्जाल

खगेन्द्र संग्रौलाको व्यंग्यः बरा ओली सरका स्वेच्छिक नोकरहरुको नियति !

२५ फागुन, काठभमाडौं । बुद्धिजिवि तथा लेखक खगेन्द्र संग्रौलाले दाहाल-नेपाल समुहप्रति व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले बरा ओली सरका स्वेच्छिक नोकरहरुको नियति भन्दै व्यंग्य गरेका छन् ।

उनले ओलीले शिखर आरोहण गरे र बुई चढाएर आरोहण गराउनेहरू ओलीका लात्तले धुलामा पछारिएको टिप्पणी गरेका छन् ।

पुष्प र माधव गुठका बुध्दिकर्मीहरू तीन वर्षभरि पार्टी एकतालाई जमठ तुल्याउन अर्थात् अहंकारी र स्वेच्छाचारी ओलीलाई सर्वसत्ताको शिखरमा उकाल्न लागिपरेको बताएका छन् ।

उनको ट्वीटः पुष्प र माधव गुठका बुध्दिकर्मीहरू तीन वर्षभरि पार्टी एकतालाई जमठ तुल्याउन अर्थात् अहंकारी र स्वेच्छाचारी ओलीलाई सर्वसत्ताको शिखरमा उकाल्न लागिपरे । ओलीले शिखर आरोहण गरे र बुई चढाएर आरोहण गराउनेहरू ओलीका लात्तले धुलामा पछारिए । बरा ओली सरका स्वेच्छिक नोकरहरूको नियति !