शिक्षा

यसपालीको एसईई परीक्षा जेठ १३ गतेदेखी हुँदै

२५ फागुन, काठमाडौं । यसपालीको माध्यामिक शिक्षा परिक्षा (एसईई) जेठ १३ गतेदेखी सञ्चालन हुने भएको छ । राष्ट्रिय परिक्षा वोर्ड बैठकले २०७७ सालको एसईई जेठ १३ गतेदेखी २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

वोर्डका सदस्य सचिव दुर्गा पौडेलका अनुसार आगामी परिक्षा बोर्डले ने लिने भएको छ । गत वर्ष कोरोना भाईरस कोभिड-१९ का कारण बिद्यालयले नै गरेको आन्तरिक मुल्यांङकनको आधारमा गे्रड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।

गत माघ २६ गते बसेको मन्त्रिपरिषद बैठकले आगामी एसईई परिक्षा पुनः वोर्डले नै लिने निर्णय गरेको थियो ।