समाचार

स्वस्तिक आयल इण्डष्ट्रिजलाई उत्कृष्ट निर्यात गर्ने कम्पनीको रुपमा सम्मान

२९ फागुन, काठमाडौं । के.एल दुगड समूहअन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई उद्योग संगठन मोरङ्गले आर्थिक एवंम औधोगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान पु¥याउँदै निर्यात मूलक बस्तु उत्पादन गरी आर्थिक बर्ष २०७५/०७६ तथा २०७६/७७मा सुनसरी, मोरङ्ग औधोगिक करीडोरका निर्यात मुलक उद्योगहरु मध्ये सबै भन्दा बढि निर्यात गर्ने उत्कृष्ट उद्योगको रुपमा सम्मान गरेको छ ।

उक्त सम्मानउद्योग संगठन मोरङ्गको ४८ औ बार्षिक साधारण सभाको समुदघाटन समारोहको अवसरमा नेपाल राष्ट्र बैंककागभर्नर महाप्रसाद अधिकारीज्यूबाट स्वस्तिकआयल ई.प्रा.लि.का संचालक विकास दुगडलाई प्रदान गरे । स्वस्तिकआयल इण्डष्ट्रिज प्रा.लि.ले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथालोकप्रिय तेलहरु उत्पादनगरि बिक्रीवितरण र्गदै आईरहेको छ ।