पु.समाचार

पेरिसडाँडामा सुरु भयो माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक

१ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको बैठकले माओवादीबाट नेकपा एमालेका गएका नेताहरूलाई कारबाही गर्ने विषयमा निर्णय गर्ने भएको छ ।

पार्टी केन्द्रीय कमिटी सदस्य तथा प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो ‘मौसम’ ले २४ घण्टे स्पष्टीकरण सोधिएकोमा चित्तझ्दोे जवाफ नदिएका नेताहरूलाई कारबाही गर्ने भएको बताए ।

बैठकमा सत्ता समीकरणसँगै अन्य राजनीतिक प्रक्रियाबारे पनि छलफल हुने उनको भनाइ छ ।

यसअघि अस्तिको दिन बसेको पार्टीको स्थायी कमिटी बैठकले २४ घण्टाभित्र स्पष्टीकरण दिएर आफ्नो स्थिति सार्वजनिक गर्न एमालेमा गएका नेताहरूलाई निर्देशन दिने निर्णय गरेको थियो।