पु.समाचार

आईतबारबाट सुरु माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

२ चैत्र, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । आइतबारबाट पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा हिजो प्रस्तुत ६ वटा एजेण्डामा नै केन्द्रित रहेर छलफल हुने नेताहरुले बताएका छन् । हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठले धारण राखेका थिए भने सात प्रदेशका नेताहरुले प्रदेशको रिपोटिङ गरेका थिए । माओवादी केन्द्रले नामा फेर्ने लगायतका विविध एजेण्डामा छलफल गरिरहेको छ ।

सर्वोच्चको फैसालले पार्टी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गरेर अविश्वासको प्रस्ताव ल्याउने पक्षमा माओवादी छ । आजै यी तीनदबीच सत्ता समिकरणका विषयमा छलफल पनि हुँदैछ ।