सामाजिक सञ्जाल

देशको शक्तीसाली सरकारको अवसर र समय प्रधानमन्त्री पदको झगडामै नष्टः पुर्व सभामुख ढुंगाना

२ चैत्र, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले मुलुकमा जारी राजनीतिक गतिविधिलाई लिएर कटाक्ष गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व सभामुख ढुंगानाले पाएको अवसर, राष्ट्रको समय, प्रधानमन्त्री पदकै झगडामा नष्ट गर्दछन् भने, जनताले गर्ने के ? अहिलेको राजनीतिक विकास त झन् कस्तो ? भनेर प्रश्न गरेका छन् । उनले जनताले पनि गर्ने के ? एउटा पार्टीलाई, दुईटा कम्युनिष्ट पार्टी मिलेर सिंगो नेकपा भयो भनेर, झण्डै दुई तिहाई मत दिएकै हुन् भन्दै उक्त प्रश्न गरेका हुन् ।

अवसर, समय प्रधानमन्त्री पदकै झगडामा नष्ट गरेको टिप्पणी गरेका छन् ।

उनको ट्वीटः जनताले पनि गर्ने केरुएउटा पार्टीलाई, दुईटा कम्युनिष्ट पार्टी मिलेर सिंगो नेकपा भयो भनेर, झण्डै दुई तिहाई मत दिएकै हुन् । पाएको अवसर, राष्ट्रको समय, प्रधानमन्त्री पदकै झगडामा नष्ट गर्दछन् भने, जनताले गर्ने केरुअहिलेको राजनीतिक विकास त झन् कस्तोरु घोडेजात्रामा प्रधानमन्त्री दौडजस्तो १